पक्रन गएका प्रहरीमाथी नै आक्रमण, २ जना घाइते

नेपालभ्युज

पक्रन गएका प्रहरीमाथी नै आक्रमण, २ जना घाइते

काठमाडौं । दार्चुलामा श्रीमतीलाई कुटपिटको उजुरीपछि आरोपीलाई पकाउ गर्न गएका प्रहरीमाथी आक्रमण भएको छ ।

आक्रमणपछि प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले उनीहरुमाथी चक्कु प्रहार गरेका हुन् । उमेशविरुद्ध श्रीमतीलाई कुटपिट गर्ने गरेको भन्दै  प्रहरीमा उजुरी परेको थियो ।

चक्कु प्रहार गरेर फरार भएका कुँवरको खोजी भइरहेको छ भने घाइते प्रहरीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खड्का र ठगुन्ना दुवै सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved