राजेश पायल राईले आयोजकलाई स्टेजमै हाने ‘ब्याक किक’, भिडिओ भाइरल ! (भिडिओ)

‘राई ईज किंग’ भनेर चिनिने तीनै  चर्चित गायक राईका अनेक काण्ड आइरहन्छन् । कहिले स्टेजमै आफैँ कुटाइ खान्छन् । कहिले अरुलाई कुट्छन् । पछिल्लो समय उनले राईले स्टेजमै एक व्यक्तिलाई ‘ब्याक किक’ दिएको भिडिओ भाइरल छ ।

नेपालभ्युज

राजेश पायल राईले आयोजकलाई स्टेजमै हाने ‘ब्याक किक’, भिडिओ भाइरल ! (भिडिओ)

काठमाडौं ।  भर्सटायल गायकको चिनारी बनाएका राजेश पायल राईले फिल्ममा पाश्र्व गायनसँगै आधुनिक, लोक, गजल र पप फ्लेवरका गीत पनि गाएका छन् । र, अधिकांश गीतबाट चर्चा र माया बटुलेका छन् ।

‘राई ईज किंग’ भनेर चिनिने तीनै  चर्चित गायक राईका अनेक काण्ड आइरहन्छन् । कहिले स्टेजमै आफैँ कुटाइ खान्छन् । कहिले अरुलाई कुट्छन् । पछिल्लो समय उनले राईले स्टेजमै एक व्यक्तिलाई ‘ब्याक किक’ दिएको भिडिओ भाइरल छ ।

घटना भने २ वर्ष पुरानो रहेको खुलेको छ । ‘किक’ खाने युवा राजेश दर्नाल रहेका छन् । दर्नालले आफ्नो फेसबुकमा लेख्दै घटना २ वर्ष पुरानो भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘‘आयोजकले समय सकिएको जानकारी गराएका थिए । त्यो उहाँलाई जानकारी गराउन भन्नको लागि पछाडिबाट कानमा सुटुक्क भन्दै थिएँ । उहाँले किक हान्नुभयो । त्यसपछि म हिँडे । उहाँले एकदुईवटा गीत गाउनुभयो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved