रहेनन् गायक वैद्य, आजै अन्त्येष्टि गरिने

नेपालभ्युज

रहेनन् गायक वैद्य, आजै अन्त्येष्टि गरिने

काठमाडौं । गायक योगेश वैद्यको निधन भएको छ । गएराति अस्पताल लैजाने क्रममा ७७ वर्षिय गायक वैद्यको निधन भएको परिवारले जनाएको छ ।

केही समय यता उनी अस्वस्थ्य थिए । वैद्य बौद्धिक गायकका रुपमा चिनिन्छन् । उनले गाएका  ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, आखैँमा रात गली, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ लगायतका गीत चर्चित छन् ।

उनले नेपाल भाषाका पनि थुप्रै गीत गाएका छन् । नेपाल भाषाका जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय गीत मानिन्छन् ।

१३ वर्ष उमेर नहुँदै एसएलसी पास गरेका वैद्यले त्रिचन्द्र कलेजबाट बीएस्सी पास गरेका थिए । एमएस्सी पढ्दा केही समय गीत गाएनन् ।

वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश । करिब ३३ वर्ष सरकारी जागिरमा जीवन बिताएका योगेश २०६१ सालमा सहसचिव पदबाट अवकाश लिएका थिए ।

उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट समेत फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए ।

सुगम संगीतमा वेग्लै प्रतिष्ठा बनाएका स्वर्गीय गायक वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved