गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन: ओली

नेपालभ्युज

गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाएका छन् ।

उनले अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । देश अहिले अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने उनको भनाई छ । उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए ।

‘अहिलेको सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले’, उनले भने ‘यस स्थितिमा हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन ।’

अध्यक्ष ओलीले वर्तमान सत्तामा गठबन्धन नेताहरूको घाँटी मात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved