कृष्टिको दोस्रो गीत ‘सधैं सधैंलाई’ सार्वजनिक

नेपालभ्युज

कृष्टिको दोस्रो गीत ‘सधैं सधैंलाई’ सार्वजनिक

काठमाडौं । गायिका कृष्टि श्रेष्ठको नयाँ गीत र म्युजिक भिडिओ ‘सधैं सधैंलाई’ सार्वजनिक भएको छ ।

कृष्टिको यो दोस्रो गीत हो । यसअघि उनले ‘लै बरिलै’ बोलको गीत गाएकी थिईन् ।

म्युजिक भिडिओमा गायिका कृष्टि र विकास लामिछानेको अभिनय छ । जसको लेखन र संगीत पुष्पन प्रधानले गरेका छन् भने एरेञ्ज जोनी तामाङको छ ।

काठमाडौं स्थायी घर भएकी कृष्टि हाल अष्ट्रेलियाको सिडनीमा बस्दै आएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved