इनारमा खसेकी महिलाको जीवितै उद्धार

नेपालभ्युज

इनारमा खसेकी महिलाको जीवितै उद्धार

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ ।

२८ वर्षीय नुतन प्रधान लुगा सुकाउने क्रममा इनारको ढकन भत्किँदा खसेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार गरिएको जानकारी दिए ।

प्रधानलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र अवस्था सामान्य रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved