प्रधानमन्त्रीलाई बालेनको व्यङ्ग्य– एउटा मन कतिपल्ट जित्नुहुन्छ ?

उनले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना पानी ल्याउनु राजनीतिक स्टन्ट भएको बताएका छन् ।

नेपालभ्युज

प्रधानमन्त्रीलाई बालेनको व्यङ्ग्य– एउटा मन कतिपल्ट जित्नुहुन्छ ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले मेलम्ची खानेपानीको उद्घाटनलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले प्रधानमन्त्रीलाई ‘एउटै परियोजना बारम्बार उद्घाटन गरेर एउटै मन कति पल्ट जित्नुहुन्छ ’ भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले प्राविधिक जोखिमको आंकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना पानी ल्याउनु राजनीतिक स्टन्ट भएको बताएका छन् ।

मेलम्चीको पानी आउँदै बन्द हुँदै, तीन वर्षमा पाँचौँ पटक उद्घाटन

मेलम्ची योजनाको ५ पटक उद्घाटन भइसकेको छ । बालेनले खानेपानी योजनाको प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको पनि बताएका छन् ।

उनले लेखेका छन्, ‘‘प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला थुनिन सक्छ । बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ । बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौँ समय र अर्बौँको लागत लाग्न सक्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved