नारायण गोपालका गीतमा संगीत संयोजन गरेका अग्रज बाद्यवादक नोर्बु छिरिङको निधन

नेपालभ्युज

नारायण गोपालका गीतमा संगीत संयोजन गरेका अग्रज बाद्यवादक नोर्बु छिरिङको निधन

काठमाडौं । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको निधन भएको छ । ललितपुरको हात्तीवनस्थित निवासमा सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ ।

पछिल्लो समय अशक्त रहेका छिरिङले कोभिडको लकडाउनपछि बाद्यवादन छाडेका थिए । उनले नारायण गोपालका गीतमा पनि संगीत संयोजन गरेका थिए ।
५१ सालदेखि एरेन्जरको काम थालेका उनले कुपण्डोलको सान स्टुडियोमा लामो समय काम गरे ।

छिरिङका श्रीमती र दुई छोरी छन् । एक छोरी क्यानडा र अर्की बेलायतमा छन् । दुवै छोरी नेपाल आएपछि बौद्ध पम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved