धाराबाट पानी पिएर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी वितरणको पुनः शुभारम्भ

नेपालभ्युज

धाराबाट पानी पिएर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी वितरणको पुनः शुभारम्भ

काठमाडौं । काठमाडौँमा आजदेखि पुनः मेलम्चीको पानी वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धाराबाट पानी पिएर खानेपानी पुनः वितरणको शुभारम्भ गरेका हुन् ।

आजदेखि पुनः वितरण गरिएको पानी अनामनगर र मीनभवनमा वितरण गरिने छ । त्यसपछि क्रमशः महाँकालचौर, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा पु¥याइने खानेपानी मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको थियो । पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी जम्मा भएको छ ।

बाढीपहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि पानी पुनः काठमाडौं आइपुगेको हो । बाढी पहिरोका कारण संरचनामा क्षति पुगेपछि अवरुद्ध बनेको मेलम्चीको पानी अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि बुधबार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको थियो ।

मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी नआए पछि काठमाडौँवासी पटक–पटक रित्तो भाडा लिएर प्रदर्शनमा समेत उत्रिएका थिए ।

वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved