राष्ट्रिय भलिबलको उपाधिका लागि आज दुई विभागीय टोली भिड्दै

नेपालभ्युज

राष्ट्रिय भलिबलको उपाधिका लागि आज दुई विभागीय टोली भिड्दै

काठमाडौं । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली आमने सामने हुदै छन् । दिउँसो १ बजे हुने फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन् ।

सेमिफाइनलमा पुलिसले आर्मी र एपीएफले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल पुगेका हुन् । उपाधि दाबेदार मानिएको आर्मीलाई पुलिसले ३–० ले हराएको थियो भने एपीएफले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

तेस्रो स्थानका लागि गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ । खेल अहिले केहिबेरमा सुरु हुदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved