रोहित ८२ रन बनाएर आउट

नेपालभ्युज

रोहित ८२ रन बनाएर आउट

काठमाडौं। टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेल आउट भएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रोहित ८२ रन बनाएर आउट भएका हुन्। उनले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।

उनलाई वेस्ट इन्डिज ‘ए’ का हेडन वाल्शले आउट गरे। यो वाल्शको दोस्रो विकेट हो।

यसअघि सन्दीप जोरा १९, कुशल भूर्तेल १, कुशल मल्ल ४ रनमा भए। आसिफ शेख भने डगआउट भए।

नेपालले ओभरमा ५ विकेटको क्षतिमा रन बनाएको छ। २१० रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved