`सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

नेपालभ्युज

`सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

कोलम्बो ।  विश्व बैंकले बुधबार सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्र १.७ प्रतिशत र २०२५ मा २.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंककाअनुसार सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्र ३.८ प्रतिशतले ऋणात्मक वृद्धि भएको अनुमान गरिएको छ ।

श्रीलंकाको उत्पादनमा आर्थिक वर्ष २०२२÷०२३ मा केहि घटेको अनुमान गरिएको भएता पनि सार्वभौम ऋणको पुनर्संरचनामा प्रगति भएको विश्व बैंकले जनाएको छ ।

यद्यपि, बैंकले विशेष गरी निजी ऋणदाताहरूसँगको बीचमा ऋण पुनर्संरचना वार्ताका लागि श्रीलंकाको दृष्टिकोण अनिश्चित रहेको बताएको छ ।

बैंकले उदीयमान बजार र विकासशील अर्थतन्त्र क्षेत्रहरू रहेको दक्षिण एसियाको वृद्धि सन् २०२३ को तुलनामा सामान्य सुस्तता आई ५.७ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved