भारतीय गायक राशिदको निधन

नेपालभ्युज

भारतीय गायक राशिदको निधन

काठमाडौं । भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ ।

प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको कोलकाताको एक अस्पतालमा ५५ वर्षको उमेरमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उनी भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार हुन् । उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए । खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved