सभामुख चयनका लागि कोशी प्रदेश तात्यो, एमालेको असन्तुष्टि

नेपालभ्युज

सभामुख चयनका लागि कोशी प्रदेश तात्यो, एमालेको असन्तुष्टि

काठमाडौं । कोसी प्रदेशले आज सभामुखको चयन गर्ने भएको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयन प्रक्रियाबारे निर्णय गरेको हो ।

यसका लागि प्रदेश सभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ । सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सभामुख पद आफूले पाउनु पर्ने बताउदै आएको छ । राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकले सांसद अमरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिने तयारी गरेको छ । नेकपा एमालेले भने राष्ट्रियसभाको निर्वाचन पछाडी मात्र सभामुख चयन गर्नु पर्ने बताउदै आएको छ ।

राष्ट्रियसभाको निर्वाचनको आचारसंहिता विपरित हुने भन्दै एमालेले सभामुख चयन प्रक्रिया अघि नबढाउन दबाब दिने बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved