नेपालमा ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को संक्रमण पुष्टि

नेपालभ्युज

नेपालमा ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को संक्रमण पुष्टि

काठमाडौं। ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोम सिक्वेन्सिङ प्रविधिबाट सोमबार जेएन. १ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  ।

देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको  पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन. १ ( JN.1) नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए  ।

हाल विश्वका केही देशहरुमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको छ ।

कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन. १ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई मार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्नुहुन साथै, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध मन्त्रालयले अनुरोध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved