चारवटा संसदीय समितिका बैठक बस्दै

नेपालभ्युज

चारवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । आज पनि ४ वटा संसदीय समितिको बैठक बस्दै छन् । बिहान ११ बजे अर्थ समितिको बैठक बोलाइएको छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुने कार्यसूची राखिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बोलाइएको छ । बैठकमा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बाँके जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा जिल्लाहरूमा गरिएको बजार अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० लाई पनि आजै समिति समक्ष पेस गरिने बताइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे ११ बजे बोलाइएको छ । बैठकमा प्याब्सन, एनप्याब्सन र हिसान तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ । बैठकमा मा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने समिति सदस्य राजेन्द्र राईले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved