एकीकृत समाजवादीमा राष्ट्रिय सभा निर्वाचनका लागि निर्णय गर्ने अधिकार तीन नेतालाई

नेपालभ्युज

एकीकृत समाजवादीमा राष्ट्रिय सभा निर्वाचनका लागि निर्णय गर्ने अधिकार तीन नेतालाई

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पर्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाकाअनुसार राष्ट्रियसभा निर्वाचनमा सबै अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको हो । उनले आजको बैठकमा एउटा मात्रै निर्णय गरेकोसमेत बताए ।

‘गठबन्धनको बैठकमा उहाँहरुले जे गर्नुहुन्छ, पार्टी त्यहीअनुरुप चल्छ,’ सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने अधिकार बैठकले उहाँहरुलाई दिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved