स्थायी गरेर पेन्सनको व्यवस्था गरिदिन सरकारसँग राहत शिक्षकको आग्रह

नेपालभ्युज

स्थायी गरेर पेन्सनको व्यवस्था गरिदिन सरकारसँग राहत शिक्षकको आग्रह

काठमाडौं । राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले आफूहरुको स्थायी व्यवस्थापन गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राहत शिक्षकहरुले आफूहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्न माग गरेका हुन् ।

बैठकमा बोल्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षक अनुदान कोटामा कार्यरत राहत शिक्षकहरुलाई शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष अमृत कार्कीले आफूहरु स्थायी हुनुको अर्थ नै पेन्सन पाउनुभएको उल्लेख गर्दै आफूहरुलाई पेन्सनबाट वञ्चित नगर्न आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved