बुढासुब्बाको सूचनाप्रति कोषको आपत्ति, व्यावसायिक प्रयोजनका लागि आरतीको भिडिओ खिच्न नपाइने

नेपालभ्युज

बुढासुब्बाको सूचनाप्रति कोषको आपत्ति, व्यावसायिक प्रयोजनका लागि आरतीको भिडिओ खिच्न नपाइने

काठमाडौं । पशुपतिमा हुने सन्ध्या आरतीको भिडिओबारे बुढासुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ ।

आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ आफूले मात्रै खिच्न पाउने आशयको सूचना प्रकाशित गरेकोप्रति कोषले आपत्ति जनाएको हो ।

शुक्रबार कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले एक सूचना प्रकाशित गर्दै बुढासुब्बा डिजिटल प्रालिद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

सूचनामा भनिएको छ, ‘बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपीराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउदछौँ भन्ने सूचनामा विकास कोषको गम्भीर ध्यानाकर्षण भएको र उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ ।’

बुढासुब्बाको उक्त सूचनाप्रति आफ्नो कुनै पनि संलग्नता नरहेको कोषले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved