दूतावासमार्फत सहयोग बढाउने भारतीय प्रस्ताव अस्वीकार गर्न राप्रपा नेपालका अध्यक्ष थापाको आग्रह

नेपालभ्युज

दूतावासमार्फत सहयोग बढाउने भारतीय प्रस्ताव अस्वीकार गर्न राप्रपा नेपालका अध्यक्ष थापाको आग्रह

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले साना परियोजनाका नाममा भारतले दिने सहायता रकमको सीमा नबढाउन सरकारलाई आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जाल मार्फत विगतका सरकारले गरेका गल्ति सच्याउदै सहयोग रकम बढाउने भारतीय प्रस्तावलाई अस्विकार गर्न सुझाएका हुन् ।

 

सहयोग रकम स्विकारेर समानान्तर सरकारको अभ्यास नगर्न उनले सचेत गराएका हुन् । दुतावासमार्फत विकास निर्माणका नाममा सिधै २० करोडसम्मको योजना कार्यान्वयन गर्नसक्ने सम्झौता नेपालका लागि आत्मघाती हुने थापाको भनाई छ ।

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणका बेला स्थानीय निकायमार्फत अघि बढाइने साना परियोजनाहरूका लागि सहायता रकमको सीमा बढाउने दिल्लीको प्रस्ताव नेपालले स्वीकार गर्ने कार्यतालिका छ ।

विगतमा पाँच करोड रुपैयाँसम्म दिने गरिएको त्यस्तो सहयोगलाई प्रति परियोजना बढाएर २० करोड रुपैयाँसम्म बनाउन लागिएको छ । सन् २००३ मा भारतले सुरु गरेको विकास सहयोग कार्यक्रमलाई अहिले सामुदायिक विकास परियोजना भन्ने गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved