गगन भन्छन् : प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको कब्जाबाट ननिकालेसम्म देश समृद्ध हुँदैन

नेपालभ्युज

गगन भन्छन् : प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको कब्जाबाट ननिकालेसम्म देश समृद्ध हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको नियन्त्रणमा परेको बताएका छन् ।

बुधबार पूर्वकर्मचारी समाज नेपालको स्मारिका विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको नियन्त्रणबाट बाहिर निकाल्नुपर्ने बताए ।

राजनीतिक दलहरुसमेत तिनै प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा भएको उनको भनाइ थियो । थापाले उनीहरुबाट मुक्त नगरेसम्म देश समृद्ध नहुने बताए ।

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास सुरु भएको पनि दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved