हिरासतबाट छुट्दै सीके राउतले भने- सरकारले रंगभेद अपनायो

नेपालभ्युज

हिरासतबाट छुट्दै सीके राउतले भने- सरकारले रंगभेद अपनायो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन् ।

सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेर प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको र कला परिषद्बाटै प्रहरीले धरपकड गरेको पनि बताए ।

मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै उनले प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रुपमा लैजाने बताए ।

मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरिएको उनको भनाइ थियो । उनले मधेसी मुलबाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved