नक्कली शरणार्थी प्रकरण :

टेकनाथ जेल परेपछि चामल किन्ने पैसा समेत नपाएको परिवारको गुनासो, धरौटी बुझाएको चारदिन पछि छुटे

टेकनाथ जेल परेपछि दाल चामल किन्ने रकमसमेत नपाएको परिवारको गुनासो छ । जीविकोपार्जनसमेत कठिन भएपछि परिवारले आफूसँग भएको एउटा गाडी पनि बिक्री गर्नुपरेको सुनाएका छन् ।

नेपालभ्युज

टेकनाथ जेल परेपछि चामल किन्ने पैसा समेत नपाएको परिवारको गुनासो, धरौटी बुझाएको चारदिन पछि छुटे

काठमाडौं । धरौटी रकम बुझाएको चार दिनपछि भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा भएका छन् ।

७ महिना हिरासतमा बसेका रिजाललाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराले आज (बुधबार) रिहा गरेको हो । उच्च अदालत पाटनको आदेशमा उनी छुटेका हुन् ।

अदालतले १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो । काठमाडौँ जिल्ला अदालतमा उनले आइतबार बेलुकी धरौटी रकम बुझाएका थिए ।

रिजालले रिहा हुनुअघि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन् । अख्तियारमा पनि बयान गराइएको छ ।

रिजाललाई स्वागत गर्न मानवअधिकारवादीहरूको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेको थियो । क्यानडामा रहेका छोरा विक्रमले बुबाको रिहाइका लागि नेपालमा रकम पठाएका थिए ।

जीवनभर नेपालीभाषी भुटानीका पक्षमा संघर्ष गरेका रिजाललाई उत्तरार्धमा लाग्यो दाग

उनी जेलमा परेपछि उनको परिवार अत्यन्तै चिन्तित थियो । तर, उनका ३ छोरा भने यहाँ उनका साथमा छैनन् । नेपालमा श्रीमती कौशिला र टेकनाथ मात्रै थिए ।

टेकनाथ जेल परेपछि दाल चामल किन्ने रकमसमेत नपाएको परिवारको गुनासो छ । जीविकोपार्जनसमेत कठिन भएपछि परिवारले आफूसँग भएको एउटा गाडी पनि बिक्री गर्नुपरेको सुनाएका छन् ।

को हुन् टेकजनाथ रिजाल ? यस्तो थियो कनेक्सन

उनी ४ वैशाख २०८० मा पक्राउ परेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौँ रकम ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा अन्यसँगै पक्राउ परेका थिए ।

यससँगै ७८ वर्षे रिजालले जीवनभर संघर्ष गरेर कमाएको ख्यातिमा दाग लागेको छ ।

यो पक्राउसँगै भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारवादी आन्दोलनका नेताको रूपमा निर्मित उनको विशाल परिचयमा अहिले ग्रहण लागेको धेरैले विश्लेषण गरेका थिए । रिजाल तिनै नेता हुन् जसको संघर्षकै कारण एक लाख १२ हजार भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुनर्वास भइसकेको छ ।

पुनर्वासमा जान नचाहने शरणार्थी अहिले झापाको बेलडाँगीस्थित शिविरमा छन् ।

उनीहरूको तेस्रो मुलुकमा पुनर्वासका लागि सरकारले ३० जेठ ०७६ मा बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेल त्यहीँबाट सुरु भएको भेटिएको छ ।

जीवनको उत्तरार्द्धमा रिजाल बिचौलियाको सोही खेलमा सामेल भएको आरोपमा पक्राउ परेका उनी अन्ततः धरौटीमा छुटेका हुन् ।

सम्बन्धित समाचार

शरणार्थी नेता टेकनाथ रिजाललाई थुनामा पठाउनुको यस्तो छ कारण

‘टेकनाथ रिजाललाई बयान फेर्न दबाब आइरहेको छ

टेकनाथ रिजालको स्वास्थ्य सुरक्षाबारे चासो

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved