शरणार्थी नेता टेकनाथ रिजाललाई थुनामा पठाउनुको यस्तो छ कारण

७८ वर्षे रिजालले जीवनभर सङ्घर्ष गरेर कमाएको ख्यातिमा दाग लागेको छ। उनी जेल गएसँगै भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारवादी आन्दोलनका नेताको रूपमा निर्मित उनको विशाल परिचयमा अहिले ग्रहण लागेको छ।

नेपालभ्युज

शरणार्थी नेता टेकनाथ रिजाललाई थुनामा पठाउनुको यस्तो छ कारण
बिहीबार पक्राउपछि अधिकारकर्मी, तथा भुटानी नेपाली भाषीका नेता टेकनाथ रिजाल

काठमाडौं। जीवनभर भुटानी शरणार्थीको मुद्दामा सक्रिय टेकनाथ रिजाल अन्ततः थुनामा गएका छन्। रिजाललाई थुनामा राख्न न्यायाधीशले चार वटा आधारलाई तत्काल प्राप्त प्रमाण मानेका छन्।

झापास्थित आफ्नो घरमा रङ लगाउने ठेक्का लिएका रामशरण केसीसँग रिजालले ‘अब नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने काम हुन्छ’ भनेको तथ्यलाई न्यायाधीशले उनी विरुद्धको प्रमाणको रूपमा व्याख्या गरेका छन्। रामशरण केसीको बयान समेतलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रमाण मानेर थुनामा पठाउने आदेश गरेका हुन् ।

यस कारण शरणार्थी नेता रिजालका लागी आफ्नै बयान ‘घातक’ भएको छ। रामशरण केसीको बयानलाई रिजालले स्वीकार गरेको न्यायाधीशले आदेशमा उल्लेख गरेका छन्। आदेशमा भनिएको छ– ‘केही परिचयपत्रमा सही गरेको तथ्य निजले नै स्वीकार गरेको देखिएको ।’
अनुसन्धान अधिकृत र सरकारी वकिलसँग गरेको बयानमा केसीले रिजाललाई ११ लाख नगद दिएको बयान दिएका थिए।

७८ वर्षे रिजालले जीवनभर सङ्घर्ष गरेर कमाएको ख्यातिमा दाग लागेको छ। उनी जेल गएसँगै भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारवादी आन्दोलनका नेताको रूपमा निर्मित उनको विशाल परिचयमा अहिले ग्रहण लागेको छ।

जीवनभर नेपालीभाषी भुटानीका पक्षमा संघर्ष गरेका रिजाललाई उत्तरार्धमा लाग्यो दाग


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved