‘टेकनाथ रिजाललाई बयान फेर्न दबाब आइरहेको छ’

नेपालभ्युज

‘टेकनाथ रिजाललाई बयान फेर्न दबाब आइरहेको छ’

काठमाडौं । भुटानको राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले भुटानी नेता टेकनाथ रिजाललाई अदालती बयान फेर्न दबाब आइरहेको दाबी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल कारागारमा रहेका रिजाललाई अदालती बयान फेर्न दबाब आइरहेको नेदरल्याण्डको हेगबाट अभियानका संयोजक राम कार्कीद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ ।

“टेकनाथ रिजाल भुटानका पूर्व राजनीतिक बन्दी वा लोकतन्त्रको लागि भुटानी आन्दोलनको सबैभन्दा अग्लो नेतालाई अन्य उच्च–प्रोफाइलका बन्दीहरूबाट अदालतको बयान परिवर्तन गर्न दबाब दिने प्रयास भइरहेको छ । रिजालका वकिल रामकुमार सुवालकाअनुसार भीआईपी अभियुक्त टोपबहादुर रायमाझीका वकिलले रिजाललाई बयान फेर्न दबाब दिइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

अभियानले रिजालको स्वास्थ्य सुरक्षाबारे पनि चासो व्यक्त गरिएको छ । “हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनुभएको छ र उहाँले बस्ने राम्रो ओड्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ,” त्यहाँ भनिएको छ ।

त्यसअघि भनिएको छ, “सन् १९८९ मा तत्कालीन नेपाल सरकारले भुटानलाई जबरजस्ती सुम्पिएपछि रिजाल १० वर्ष राजनीतिक बन्दी बन्नुभएको थियो । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनअनुसार १० वर्ष राजनीतिक बन्दी हुँदा रिजाललाई भुटानको जेलमा अमानवीय यातना दिइयो । त्यसयता उहाँ मधुमेह, रक्तचाप र बुढेसकालसँग सम्बन्धित अन्य रोगजस्ता विभिन्न गम्भीर रोगबाट पीडित हुनुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved