सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- प्रदेशको अधिकारका लागि संघीय सरकारसँग जुध्न तयार छौं

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- प्रदेशको अधिकारका लागि संघीय सरकारसँग जुध्न तयार छौं

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको अधिकार, विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न तयार रहेको बताएका छन् ।

प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरु अल्झिन नचाहेको उनको भनाइ थियो ।

सोमबार काठमाडौंमा आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रसँग आह्वान गरे ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहोर्याए । यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि उनले स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved