युरिक एसिड घटाउन सहयोग गर्ने घरेलु जुस

नेपालभ्युज

युरिक एसिड घटाउन सहयोग गर्ने घरेलु जुस

यूरिक एसिड एक प्राकृतिक अपशिष्ट पदार्थ हो, जो प्यूरीनले भरपूर खानाले शरीरमा जम्मा हुन्छ । शरीरमा यसको लेवल बढ्नाले शरीरमा कैयौं प्रकारका समस्याहरु आउन थाल्छन् । यस्तोमा एउटा घरमै बनाइएको जुसको सहयोगले तपाईं यूरिक एसिडलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

  •  चिया सीड्स जस्तो सुपरफुड एकदमै राम्रो हुन्छ किनकी यसमा ओमेगा–३ हुन्छ जो एन्टीइन्फ्लामेटरी तत्व हुन्छ । यसले यूरिक एसिडको मात्रालाई कम गराउँछ ।
  •  त्यस्तै यो घरमै बनाइएको जुसले तौल कम गर्न पनि सहयोग गर्छ । चिया सीड्स र कागतीको रसले तौल कम गर्न सहयोग गर्छ ।
  •  रगतमा खराब कोलेस्ट्रोलको स्तर कम गर्नका लागि तपाईं यो ड्रिंकको सेवन गर्न सक्नुहुन्छ । यसको सेवनले खराब कोलेस्ट्रोल शरीरबाट बाहिर निस्कनेछ ।
  •  यूरिक एसिड बाहेक चिया सीड्सको जुसले तपाईंको रगतमा भएको सुगरको मात्रालाई पनि घटाउने काम गर्छ । यसको नियमित सेवनका धेरै प्रकारका फाइदाहरु छन् ।
  •  त्यस्तै पाचन प्रणालीलाई राम्रो बनाउनका लागि पनि यो पेय पदार्थ पिउन सकिन्छ । यसको सेवनले फाइबरको कमी हुँदैन जसले गर्दा पेटका समस्याहरुबाट राहत पाइन्छ ।
  •  जुसलाई तयार गर्नका लागि सबैभन्दा पहिला एक गिलास पानीमा चिया सीड्सलाई रातभर भिजाउनुहोस् । बिहान यसमा कागतीको रस राखेर खाली पेट यसको सेवन गर्नुहोस् ।
  •  त्यसो त यूरिक एसिड कम गर्नका लागि यो जुस कुनै पनि समयमा पिउन सकिन्छ । तर बिहान खाली पेट खाँदा यसले राम्रो र छिटो नतिजा दिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved