‘डंकी’ले दुई दिनमै पार गर्यो एक सय करोड

नेपालभ्युज

‘डंकी’ले दुई दिनमै पार गर्यो एक सय करोड

एजेन्सी । भारतीय मेगा सुपरस्टार शाहरुख खानको बहुचर्चित फिल्म ‘डंकी’ हालै संसारभरका सिनेमाघरमा रिलीज भएको छ ।

२१ डिसेम्बरमा रिलीज भएको फिल्म ‘डंकी’ ले भारत बाहेक अन्य देशमा पनि राम्रो कमाई गरेको छ । संसारभरको कमाईले यो फिल्मले एक सय करोडको आँकडा पार गरेको छ । यसले विश्वभर १०३.४ करोड भारतीय रुपैयाँ कमाएको छ ।

फिल्मको रिभ्यू भने सकारात्मक र नकारात्मक दुवै छ । जसले गर्दा कमाईमा पनि यसको असर देखिएको छ । शाहरुख खानको स्टारडमका अगाडि फिल्म भने केही फिक्का देखिएको छ । हालै रिलीज भएको साउथ अभिनेता प्रभासको फिल्म सालारको कारण पनि यो फिल्मलाई असर परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved