वेस्टह्याम विजयीहुँदा, लिभरपुल र आर्सनल बराबरीमा रोकिए

नेपालभ्युज

वेस्टह्याम विजयीहुँदा, लिभरपुल र आर्सनल बराबरीमा रोकिए

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा वेस्टह्यामले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ह्यामको जितमा जारेड बोवेन र मोहम्मद कुडुसले समान १ गोल गरे । जितसँगै वेस्टह्याम तालिकाको छैटौं स्थानमा उक्लिएको छ । म्याचेस्टर युनाइटेड भने आठौं स्थानमा छ ।

यस्तै, लिगकै अर्को खेलमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । गएराति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्षस्थानमा छ । समान खेलबाट ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved