एनएसएलमा लिग चरणका खेल सकिए, ललितपुरलाई हराउँदै काठमाडौं पनि प्लेअफमा

नेपालभ्युज

एनएसएलमा लिग चरणका खेल सकिए, ललितपुरलाई हराउँदै काठमाडौं पनि प्लेअफमा

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको प्लेअफमा प्रवेश गर्ने टोलीको टुङ्गो लागेको छ । लिगको अन्तिम खेलमा जित हासिल गर्दै साविक विजेता काठमाडौं रेजर्स प्लेअफमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शनिबार बेलुका भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १-० गोल अन्तरले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल भएको हो ।

हारका बाबजुद ललितपुर पनि चौथो स्थानमा रहेर प्लेअफ पुगेको छ । यो नतिजाले झापालाई घाटा भएको छ । झापा पाँचौ स्थानमा रहेर बाहिरिएको छ ।

ललितपुर, झापा, र बुटवलको समान १०-१० अंक भएपनि हेड टु हेडमा ललितपुर प्लेअफमा पुगेको हो ।

क्वालिफायरमा अब सोमबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लब खेल्नेछन् । त्यसमा विजयी हुने टोली फाइनल पुग्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका निम्ति अर्को मौका पाउनेछ ।

उसले बिहीबार हुने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न पाउनेछ । एलिमिनेटरमा मंगलबार ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स बीच नै खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved