संसद अधिवेशनबारे छलफल गर्न प्रधानमन्त्री शितल निवासमा

संसद्को अधिवेशन बोलाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिनिवास गएका हुन् ।

नेपालभ्युज

संसद अधिवेशनबारे छलफल गर्न प्रधानमन्त्री शितल निवासमा
फाइल फाेटाे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

संसद्को अधिवेशन बोलाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिनिवास गएका हुन् ।

भेटमा सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउने योजना रहेको बताइएको छ ।

राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका कामबारे निरन्तर चासो राखिरहेका छन् । भेटमा राष्ट्रपतिले उनले राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि चासो राखेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved