सांस्कृतिक संस्थानका अध्यक्ष राईले गरे पदभार ग्रहण, छुट्टै ऐन बनाउने प्रतिबद्धता

नेपालभ्युज

सांस्कृतिक संस्थानका अध्यक्ष राईले गरे पदभार ग्रहण, छुट्टै ऐन बनाउने प्रतिबद्धता

काठमाडौं । सांस्कृतिक संस्थानको अध्यक्ष नियुक्त चन्द्रकुमार राईले पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा यसअघि बसेको मन्त्रिरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको राईले सोमबार पदभार ग्रहण गरेका हुन् ।

उनलाई संस्थानका महाप्रबन्धक अशोक कुमार राईलगायतका कलाकार तथा कर्मचारीहरूले स्वागत गरेका छन् ।

पदभार ग्रहण गर्दै राईले संस्थानको छुट्टै ऐन बनाउने प्रतिबद्धता जनाए । “संस्थानको छुट्टै ऐन बनाउनुपर्छ । त्यसका लागि म प्रयास गर्नेछु,” राईले भने, “संस्थान स्वतन्त्ररूपमा चल्नुपर्छ । त्यसो भयो भने हामीले गर्न खोजेको काम पनि सहजरूपमा गर्न सक्छौँ ।”

उनले संस्थानका कलाकार एवम् कर्मचारीहरूलाई दूरी नबढाइकन काम गर्न आग्रहसमेत गरे । “बीचमा कुनैखाले दूरी नराखी काम गर्नुपर्छ । तपाईंहरूले पनि नयाँ अध्यक्ष नभन्ने, मैले पनि के जानेको छ र यसले नभन्ने; यसरी काम गर्नुपर्छ । धेरै कामहरू त यहाँहरूले गर्नुभएकै पनि छ । अब त्यसमा मैले थप साथ दिँदै नयाँ कामहरूको निम्ति प्रयत्न गर्ने नै छु,” राईले भने ।

विगत दुई दशकयता सांस्कृतिक क्षेत्रमा क्रियाशील हुँदै ‘किरात राई मिथक’, ‘किरात राई जातिभित्रका केही विशेष संस्कृतिहरू’, ‘किरात राई संस्कृति’, ‘राई वान्तावा भाषामा बालबालिकाको नाम’ जस्ता पुस्तक लेखिसकेका राईले मुन्दुममा पीएचडी गर्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved