५०० करोड क्लब प्रवेश गर्ने पहिलो भारतीय ‘एडल्ट’ फिल्म बन्यो ‘एनिमल’, नेपालमै १० करोड

नेपालभ्युज

५०० करोड क्लब प्रवेश गर्ने पहिलो भारतीय ‘एडल्ट’ फिल्म बन्यो ‘एनिमल’, नेपालमै १० करोड

काठमाडौं । ‘एनिमल’ भारतीय बक्सअफिसमा ५०० करोड क्लब प्रवेश गर्ने पहिलो ‘एडल्ट’ फिल्म बनेको छ । रणवीर कपुर स्टारर ‘एनिमल’ले प्रदर्शनको १६ दिनसम्म विश्वव्यापी ८०० करोड नेट भारु समेत कमाएको छ ।

नेपालमै ‘एनिमल’ले दोस्रो सप्ताहान्तसम्म १० करोड ग्रसभन्दा बढी कमाइ गरेको छ । यो कमाइसँगै ‘एनिमल’ हिन्दी फिल्मको इतिहासमा सर्वाधिक कमाउने चौथो फिल्म समेत बनेको छ ।

फिल्मको लाइफटाइम कलेक्सन ५८० करोड भारु नेटसम्म हुने अनुमान छ । शनिबार १६ औँ दिनमा फिल्मले भारतमा १३ करोड नेट कमायो ।

१५ औँ दिनमा यसको कमाइ त्यहाँ ८.३ करोड नेट भारु थियो । बिहीवार शाहरुख खानको ‘डंकी’ रिलिज हुँदैछ । शुक्रबार ‘सलार’ प्रदर्शन हुँदैछ । त्यसअघि ‘एनिमल’ले राम्रै कमाइ गर्ने प्रक्षेपण छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved