राप्रपा बैठक : राजतन्त्रको पक्षमा आन्दोलन छेड्ने अध्यक्ष लिङ्देनको प्रस्ताव, महामन्त्री राणाले प्रस्तुत गरे कार्ययोजना

नेपालभ्युज

राप्रपा बैठक : राजतन्त्रको पक्षमा आन्दोलन छेड्ने अध्यक्ष लिङ्देनको प्रस्ताव, महामन्त्री राणाले प्रस्तुत गरे कार्ययोजना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव राखेका छन् ।

आइतबारदेखि राजधानीमा सुरु भएको बैठकमा आफ्नो समसामयिक प्रस्ताव पेस गर्दै लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव राखेका हुन् ।

उनले समान विचार भएका अरु दललाई पनि साथ लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गरौँ’, बैठकमा लिङ्देनले भनेका छन्, ‘ राप्रपाबारे भ्रम सिर्जना गर्ने, राप्रपा नेतृत्वलाई योजनाबद्ध रुपमा बदनाम गर्ने काम भने रोकिनुपर्छ।’

बैठकमा महामन्त्री डा धवलशमशेर राणाले बृहद आन्दोलन सम्बन्धी कार्य योजना प्रस्तुत गरेका थिए । यसअघि कार्यसम्पादन समिति बैठकबाट पास भइरहेको उक्त कार्य योजनाअनुसार राप्रपामा आन्दोलनमा जाने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved