संगीताको ‘दाग’ सार्वजनिक

नेपालभ्युज

संगीताको ‘दाग’ सार्वजनिक

काठमाडौं । ‘दाग’ गीतको लिरिकल भिडिओ सार्वजनिक भएको छ ।

गायिका संगीता मस्राङ्गी मगरले स्वर भरेको गीतको शब्द गीतकार चन्द्र बानियाँले लेखका हुन् भने सङ्गीत सङ्गीतकार मनिपाल राईले गरेका हुन् ।

एरेञ्ज र मिक्सिङ्ग/मास्टरिङ्गको काम क्रमश: राजु कार्की र राजकुमार बगरले गरेका छन् ।

त्रिवेणी डिजिटल रेकर्डिङ्ग स्टूडिओमा रेकर्ड गरिएको गीतको लिरिकल भिडिओ एनपी म्यूजिक मिडिया प्रेजेन्ट युट्यूबबाट सार्वजनिक गरिएको हो ।

भिडिओमा गायिका संगीता नै फिचर्ड छिन् । संगीताले यसअघि नै ‘मरेर जाने फर्किँदैन’, ‘तिमी नै त थियौ मेरो’, ‘मेरो लागि’, ‘घामलाई चिसो बनाउने एसी’लगायत दर्जनौं गीत गाइसकेकी छिन् ।

भिडिओ हेर्नुस्;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved