कांग्रेस नेता रिजाल भन्छन्- सत्ताधारीको आलोचना गर्दैमा गणतन्त्र धरापमा पर्दैन

नेपालभ्युज

कांग्रेस नेता रिजाल भन्छन्- सत्ताधारीको आलोचना गर्दैमा गणतन्त्र धरापमा पर्दैन
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले वर्तमान सत्ताधारीमा आफ्नो आलोचना गर्दा गणतन्त्र नै नाश हुन्छ भन्ने भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले कसैको आलोचना गर्दामा गणतन्त्र नाश नहुने बताएका हुन् ।

जनताको विचारलाई आम सञ्चारको रुपमा प्रचार गरेमात्रै पनि गणतन्त्रको रक्षा हुने उनको भनाइ थियो । उनले गणतन्त्र सबैको साझा भएकाले कुनै एउटा संस्थाले जिम्मा लिनुपर्ने आवश्यकता नरहेकोमा जोड दिए ।

नेता रिजालले आफू २०६२–०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभइ निरंकुशता अन्त्यको पक्षमा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved