पूर्वमन्त्री गोपाल किराती खोटाङबाट गिरफ्तार

पूर्वमन्त्रीसमेत रहेका पहिचानवादी नेता गोपाल किराती गिरफ्तारमा परेका छन् । उनी मङ्गलबार बिहान खोटाङको हलेसीबाट गिरफ्तारमा परेको अभियन्ता खुक्सङ खम्बु राईले जानकारी दिए ।

नेपालभ्युज

पूर्वमन्त्री गोपाल किराती खोटाङबाट गिरफ्तार

खोटाङ । पूर्वमन्त्रीसमेत रहेका पहिचानवादी नेता गोपाल किराती गिरफ्तारमा परेका छन् । उनी मङ्गलबार बिहान खोटाङको हलेसीबाट गिरफ्तारमा परेको अभियन्ता खुक्सङ खम्बु राईले जानकारी दिए ।

किरात गणराज्य मोर्चाका संरक्षक एवम् प्रदेश नं. १ पुन: नामाकरण सङ्घर्ष समितिका नेता किराती सोमबार हलेसी आइपुगेका थिए । किराती बसेको आसपासमा शंकास्पद वस्तु भेटिएको र नेकपा (एमाले) को सङ्कल्प यात्राा अवरोध सिर्जना गरेको कारणले उनलाई गिरफ्तारमा लिइएको प्रहरीको भनाइ छ ।

पहिचानवादी अभियन्ताहरूले भने त्यस विषय आफूहरूसँग सम्बन्धित नभएको जिकिर गरेका छन् । पहिचानविशेष आन्दोलन कुनै दलप्रति लक्षित नभएको उनीहरूको भनाइ छ ।

उनीहरूले किरातीसँगै पक्राउ परेका सबै अभियन्ताहरूलाई बिनासर्त रिहाइको माग गरेका छन् । उनीहरूकाअनुसार किरातीसँगै अरु दर्जनौं अभियन्ताहरू पक्राउ परेका छन् ।

खासगरी तत्कालीन प्रदेश नं. १ को नाम कोशी राखिएयता पहिचानवादी संघसंस्थाहरूले निरन्तर खबरदारी गर्दै पहिचानको आधारमा पुन: नामाकरण गर्नुपर्ने माग गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved