एनएसएल : काठमाडौंले पोखरालाई हरायो

नेपालभ्युज

एनएसएल : काठमाडौंले पोखरालाई हरायो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स एफसीले पोखरा थन्डर्सलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको रोमाञ्चक खेलमा काठमाडौंले पोखरालाई २–१ गोलअन्तरले पराजित गरेको हो।

पोखराको लागि आयुष घलानले गोल गरे। काठमाडौंको लागि भने जुनियर ओग्यूनी केङ्ग्यू र शोकरिख माहामुदजोजियेभले गोल फर्काए।

खेलको ५७ औँ मिनेटमा आयुषले गोल गर्दै पोखरालाई अग्रता दिलाए। ८२ औँ मिनेटमा जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। इन्ज्यूरी समयमा शोकरिकखले काठमाडौंको लागि दोस्रो गोल गरे।

आजको खेलमा काठमाडौंलाई पराजित गरेमा पोखरा शीर्ष स्थानमा पुग्नेछ। मंगलबार हुने खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved