संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा छिट्टै टुंगोमा पुर्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा छिट्टै टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालभ्युज

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा छिट्टै टुंगोमा पुर्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा छिट्टै टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अदालतको आदेश र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘संक्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन ढिलो भइसकेको छ’, उनले भने, ‘विद्यमान कानूनमा सर्वोच्च अदालतको आदेश राष्ट्रिय मानव अधिकार आयोगको सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्‍याइने छ’

नेपालको संविधानका ३१ वटा मौलिक हकबमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभुति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकारसम्बन्धी ४१ वटा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, प्रतिवद्धता पूरा गर्न सरकार सक्रिय रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved