दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

नेपालभ्युज

दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूले चुनाव चिन्ह पाउने छन् ।

पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गरिने छ ।

आगामी फागुन २० गते एमालेका ९ सांसद , कांग्रेसका ४ जना माओवादीका ३ जना, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको हो ।

संवैधानिक प्रावधान अनुसार, राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु भन्दा एक महिना अगावै निर्वाचन हुन लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved