सुर्खेतको काठ मिलमा सबेरै आगलागी, करोडौंको क्षति

नेपालभ्युज

सुर्खेतको काठ मिलमा सबेरै आगलागी, करोडौंको क्षति
सांकेतिक तस्वीर

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ईत्राम खोला स्थित शिव सुन्दर काठ मिलमा भीषण आगलागी भएको छ ।

आज बिहान साढे ५ बजे विद्युतको तारा सट भएर आगलागी भएको अनुमान गरिएको छ । देवीलाल पौडेलको काठ मिलमा आगो लागेको हो ।

आगलागीबाट काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिन जलेर ध्वस्त भएका छन् । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved