दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन- उपसभामुख राना

नेपालभ्युज

दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन- उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरुसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताएकी हुन् ।

उनले जलवायु परिवर्तनको असर कम गर्नका लागि आफ्नै भान्सा र दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

‘दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । हामीले किचनसँगै हरेक एक्टिभिटीमा परिवर्तन गर्न जरुरी छ’, उनले भनिन् ।

उपसभामुख रानाले हरेक कुरामा पारदर्शिता हुन जरुरी रहेको पनि बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved