नेपालका मन्त्रीलाई विदेश भ्रमणकै मोह

प्रधानमन्त्री आएलगत्तै उपप्रधानमन्त्री खड्का अफ्रिका उडे

नेपालभ्युज

नेपालका मन्त्रीलाई विदेश भ्रमणकै मोह

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घाना प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप–२८ सम्मेलनमा भाग लिएर दुबईबाट फर्केलगत्तै उपप्रधानमन्त्री खड्का गएराति नै घानाका लागि उडेका हुन् ।

संयुक्त राष्ट्र सङ्घले आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा मङ्सिर १९ र २० गते हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved