समानुपातिक सूचीमा नाम भएकाहरू राष्ट्रिय सभामा उठ्न नपाउने

नेपालभ्युज

समानुपातिक सूचीमा नाम भएकाहरू राष्ट्रिय सभामा उठ्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने नियम बनाएको छ ।

निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उक्त नियमबारे जानकारी दिएको हो ।

आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको पनि जनाएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ भने पुस २३ गते उम्मेदवारी दर्ता हुनेछ । र, माघ ११ गते मतदान हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved