पुस २७ देखि राप्रपाको एजेण्डागत कार्यक्रम, दुर्गा प्रसाईंको कार्यक्रममा ६५ प्रतिशत आफ्ना कार्यकर्ता गएको दाबी

नेपालभ्युज

पुस २७ देखि राप्रपाको एजेण्डागत कार्यक्रम, दुर्गा प्रसाईंको कार्यक्रममा ६५ प्रतिशत आफ्ना कार्यकर्ता गएको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेदेखि एजेण्डागत कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । राप्रपा नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले पुस २७ गतेबाट आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरु घोषणा गर्ने बताएका हुन् ।

नेता तामाङले राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताए । उनले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताए ।

तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन् । उनले व्यवसायी प्रसाईंले गरेको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सहभागी भएको दाबीसमेत गरे । उनले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरुप आन्दोलनमा सहभागी भएको बताए ।

उनले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गरेको कार्यक्रममा गइ सम्बोधन गरेको र राप्रपाले नैतिक समर्थन गरेको बताए । कुराकानीमा उनले व्यवसायी प्रसाईंले राखेका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजको विषयमा आफूहरुको समर्थन रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved