चुनाव भएको आज वर्षदिन पूरा, सरकार नफेरिए पनि राजनीतिक अस्थिरताको खतरा

गएको वर्ष आजकै दिन मंसिर ४ गते संघीय चुनाव भएको थियो । चुनाव भएको वर्ष दिन नपुग्दै केही दलहरू २०८४ सालमा हुने चुनाव लक्षित अभियानमा जुटिसकेका छन् ।

नेपालभ्युज

चुनाव भएको आज वर्षदिन पूरा, सरकार नफेरिए पनि राजनीतिक अस्थिरताको खतरा
फाइल फोटो

काठमाडौं। प्रदेश र प्रतिनिधिसभा चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते संघीय चुनाव भएको थियो । चुनाव भएको वर्ष दिन नपुग्दै केही दलहरू २०८४ सालमा हुने चुनाव लक्षित अभियानमा जुटिसकेका छन् ।

किनकि पुराना दलहरू सत्ताको दाउपेचमै केन्द्रित छ्रन् । चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ ।

यसबिचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरूले नै गुनासो गरेका छन् । कांग्रेस, एमाले, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, राप्रपा र नवागन्तुक राष्ट्रिय स्वतन्त्र पार्टी संद्मा छन् ।

गएको वर्षको चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए ।

कांग्रेसलगायतका दलहरूसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त भए । पछि फेरि सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिएका छन् ।

गएको वर्षको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्तिको रूपमा उदाएको थियो ।

नागरिक उन्मुक्ति, जनमुक्ति र राप्रपाले पनि संसदमा बलियो उपस्थित जनाएका छन् । चुनाव भएको वर्ष दिन नपुग्दै केही दलहरू २०८४ सालमा हुने चुनाव लक्षित अभियानमा जुटिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved