विश्वकप फाइनल : विराट कोहलीको अर्धशतक

नेपालभ्युज

विश्वकप फाइनल : विराट कोहलीको अर्धशतक
तस्वीर : क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध विराट कोहलीले अर्धशतक पुरा गरेका छन्।

अहम्दाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा विराटले ५६ बलमा अर्धशतक पुरा गरे । उनले ४ चौका प्रहार गरेका थिए । उनको यो ७२ औँ अर्धशतक हो।

१०० रन नबनाउँदै ३ विकेट गुमाएर दबाबमा आएको भारतको इनिङ्स कोहली र के एल राहुलले सम्हालिरहेका छन् । भारतले २६ ओभरमा १३५ रन बनाएको छ।

कप्तान रोहित शर्मा, श्रेयस ऐयर र शुभमन गील आउट भएका छन् । रोहितले ४७ रन बनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved