प्रधानमन्त्रीलाई विप्लवको चेतावनीः जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्

नेपालभ्युज

प्रधानमन्त्रीलाई विप्लवको चेतावनीः जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले टिकटक प्रतिवन्ध लगाएको विषयबारे विषय उठाउँदै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए ।

उनले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने उनको भनाइ थियो । उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए ।

महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताए । उनले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved