भक्तपुरमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

भक्तपुरमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार राति मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थली चोकमा तेलको ट्यांकरले ठक्कर दिँदा सिन्धुपाल्चोक घर भई सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर भएका उनको उपचारका क्रममा ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जडिबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ४७७४ नम्बरको ट्यांकरले बा ७३ प २१६० नम्बरको मोटरसाइकलमा सवार पुरीलाई ठक्कर दिएको थियो ।

ट्यांकर चालक बलेफी गाउँपालिका-२ का तुलबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved