न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा, शामीको सात विकेट

कीवी टोलीलाई १३ बल अगाडी नै अलआउट गर्ने क्रममा भारतका मोहम्मद शामीले सात विकेट लिए । एकदिवसीय खेलमा ७ विकेट लिने शामी भारतको पहिलो बलर बनेका छन् ।

नेपालभ्युज

न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा, शामीको सात विकेट

काठमाडौं। न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकटको फाइनलमा प्रवेश गरेको छ ।

३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डलाई ३२७ रनमा अलआउट गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो ।

मुम्बईंस्थित वानखेडे स्टेडियममा भएको ड्यारी मिचेलले १३४ रन बनाए पनि न्यूजिल्याण्डको हार टार्न सकेनन् । केन विलियम्सन ६९ रनमा आउट भएका थिए ।

कीवी टोलीलाई १३ बल अगाडी नै अलआउट गर्ने क्रममा भारतका मोहम्मद शामीले सात विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ५७ रन मात्रै दिएका थिए ।

एकदिवसीय खेलमा ७ विकेट लिने शामी भारतको पहिलो बलर बनेका छन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ओभर खेलेर ४ विकेट क्षतिमा ३९७ रन बनाएको थियो ।

भारतको लागि विराट कोहली र श्रेयस अय्यरले शतकीय पारी खेले। विराटले ११३ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ११७ रन बनाए ।यो विराटको ५०औं शतक हो । उनले सर्वाधिक ४९ शतक बनाउने सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् ।

श्रेयसले भने ७० बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै १०५ रन बनाए। केएल राहुल ३९ र शुभमन गील ८० रनमा अविजित रहे । कप्तान रोहित शर्माले ४७ रनको योगदान गरे ।

न्यूजिल्यान्डको लागि टिम साउथीले ३ विकेट लिए। दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved